चिनियाँ नाममा विरोधपछि भौतिक मन्त्रालयले मान्यो लाज, हटायो तस्वीर

Yugnepal     590 पटक पढिएको    

चिनियाँ नाममा विरोधपछि भौतिक मन्त्रालयले मान्यो लाज, हटायो तस्वीर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लज्जास्पद प्रदर्शन गरेको छ । मन्त्रालयको आधिकारिक वेवसाइट डब्लुडब्लुडब्लुडटएमओपीआइटीडटजीओभीडटएनपी मा अत्यन्तै सस्तो किसिमले फोटोसपबाट तस्वीर चोरेर नेपालको विकासको योजना देखाइएको छ । 

वेबसाइटमा रहेको प्रस्तावित मेची महाकाली मेल र कर्णाली रेलको तस्वीर अन्तैबाट क्रप गरेर बनाइएको छ । उक्त तस्वीरको पृष्ठभूमिमा हेटौडा मल देखिन्छ अनि रेल स्टेशनको नाम भने चिनियाँ भाषामा छ । 

यति ठूलो मन्त्रालयमा पक्कै पनि इन्जिनियरहरुको खानी छ । तर चिनियाँ स्टेशनको फोटोलाई फोटोसप एडिट गरी लज्जास्पद र हाँस्यास्पद तरिकाले नेपालको गौरबमै धक्का पुग्ने गरी राखिएको तस्वीरले भने यो सरकारको स्थिति पनि झल्काएको छ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको हैसियत पनि यसले देखाएको छ । आफ्नो मौलिक भिजन र सपनै नभएपछि अर्काको सापटी लिएर तस्वीर बनाउनु पर्छ भने योजना सफल हुने कल्पना व्यर्थै भएको छ । 

मन्त्रालयले लज्जास्पद तस्वीर राखेपछि सामाजिक संजालले यसलाई निकै महत्वका साथ मन्त्री महासेठको धज्जी उडायो । अनि वाध्य भएर यस्तो तस्वीर अहिले मन्त्रालयले हटाएको छ । 

यसबाट यो पनि स्प्ष्ट हुन्छ कि नेपाल सरकारको आधिकारिक वेभसाइटमा अर्काको देशको फोटोसप राख्नेहरुले अरु कतिसम्म गल्ती गरेका होलान् । 

त्यतिमात्र होइन यस्तो सामान्य कुरा समेत नजान्नेले कसरी भौतिक मन्त्रालय सम्हालेर बसेका छन् भन्ने प्रश्न टड्कारो बनेको छ ।



सोमबार २७, साउन २०७६ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.