तीज भड्किलो बनाए सामाजिक सुरक्षा ऐन–२०३३ लाग्ने  !

Yugnepal     993 पटक पढिएको    

तीज भड्किलो बनाए सामाजिक सुरक्षा ऐन–२०३३ लाग्ने  !

बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ ।

 कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । “तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएका हौँ”, उनले भने ।

तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न कार्यालयले अपिल गरेको हो । साथै, यस बर्षको तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन पनि आग्रह गरिएको छ ।

उनका अनुसार कार्यालयको अपिल बेगर त्यस्ता क्रियाकलाप भएको पाइएमा सामाजिक सुरक्षा ऐन–२०३३ अनुसार कारवाही गरिनेछ ।



बिहिबार २३, साउन २०७६ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal