प्रधानमन्त्रीको उपचार खर्च व्यहोर्न नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी सिंगापुरमा  !

Yugnepal     584 पटक पढिएको    

प्रधानमन्त्रीको उपचार खर्च व्यहोर्न नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी सिंगापुरमा  !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने सरकारी दावी सार्वजनिक भइरहँदा उनको साथ गएका केहि व्यक्तिका कारण उनको उपचार खर्चको विषय समेत विवादित हुने देखिएको छ। 

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने बताएको केहि दिनपछि प्रधानमन्त्रीको टोलीमा विवादास्पद नेशनल मेडिकल कलेजका सञ्चालक बशरुद्दीन अन्सारी देखिएपछि प्रधानमन्त्रीको उपचार खर्चको विषय पनि विवादमा तानिने देखिएको हो। 

प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली र अन्सारीको काँधमा काँध मिलाएर सिंगापुरमा घुमघामको तस्विर सार्वजनिक भएबाट उनको स्वास्थ्य भ्रमण समेत विवादमा तानिने देखिएको हो।

नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको उपचार खर्चको व्यवस्था गर्नका लागि अन्सारी सिंगापुर गएका हुन्। 

नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी काठमाडौंमा समेत मेडिकल कलेजको स्विकृती लागि सरकारमा रहेकाहरुलाई प्रभावित पार्न लागिपरेका थिए। डा गोविन्द केसीको आन्दोलनमा पनि काठमाडौं अनामनगरमा रहेको मापदण्ड समेत नपुगेको नेशनल मेडिकल कलेजलाई स्विकृती नदिन माग गरिएको थियो

प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैंले बेहोर्ने, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्ने मन्त्रीपरिषदको साउन १६ गतेको वैठकले निर्णय गरेको थियो। 

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परिक्षणका लागि शनिबार राति सिङ्गापुर प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराइरहेका छन्। 



बुधबार २२, साउन २०७६ ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.