जसले आफुलाई मार्ने योजना थाहा पाएपछि सेनाको व्यारेक फोडेर भागे

Yugnepal     603 पटक पढिएको    

जसले आफुलाई मार्ने योजना थाहा पाएपछि सेनाको व्यारेक फोडेर भागे

काठमाडौं ।  १० वर्षे सशस्त्र द्वन्दकालमा सेनाको व्यारेक फोडेर भागेका राजु क्षेत्री अहिले सामन्य रुपमा जीवन विताईरहेका छन् । तत्कालीन माओवादीको तर्फबाट लडाई लडिरहेका क्षेत्रि कास्कीको आफ्नै ठूलोबाबाको घरबाट २०५८ सालमा नेपाली सेनाबाट पक्राउ परेका उनलाई विजयपुर व्यारेक  हुँदै धादिङ लगियो ।

राज्यको तर्फबाट उनीहरुलाई मार्ने तयारी भईरहेको क्षेत्रीलाई थाहा भईसकेको थियो । लामो समयको योजनाअनुसार नै २०६१ साल कार्तिक २९ गते तिहारको दिन साँझ सवा पाँच बजे जोड तोडेर क्षेत्री सहित ७ भागे । जेल ताडेर भागेर उनीहरु फेरी युद्धमै होमिए ।

उनको युद्धको अभियान सरकारसँग शान्ति सम्झौता नभएसम्म लडिरहे । १२ बुँदे शान्ति सम्झौता पछिको चुनावमा तत्कालिन एकीकृत माओवादी देशकै शात्तिशाली पार्टी बन्यो । त्यसै पश्चात माओवादी फुट्दै फु्टदै गयो ।

अहिले कसैले माओवादी छाडेर अन्य पार्टी खोले तर क्षेत्री भने सबैतिरबाट वितृष्णा जागेर स्वतन्त्र जिवन विताईरहेका छन् । जनयुद्धका भोगाई, जेल तोड्दाको अनुभव र अहिले बदलिदो परिस्थितीका बारेमा क्षेत्रीका अनुभव यस्तो छः



मङ्गलबार २१, साउन २०७६ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.