विश्वविद्यालयमा दलिय भागवण्डाको मुसा–दौड रोक्न डा। केसीको आग्रह

Yugnepal     766 पटक पढिएको    

विश्वविद्यालयमा दलिय भागवण्डाको मुसा–दौड रोक्न डा। केसीको आग्रह

काठमाडौं। स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रका सुधारका लागि लामो समयदेखि आवाज उठाईरहेका प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालयमा भागबन्डाको मुस(दौड रोक्न आग्रह गरेका छन्।

डा। केसीले प्रेस बिज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन् ‘त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भावण्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हो । उक्त कदम सच्याएर योग्यताका आधारम नयाँ नियुक्ति गर्न पनि आग्रह गर्दर्छौं।‘

डा। केसीले विश्वविद्यालयहरुमा संस्थागत भएका दलीय भागवण्डा, नातावाद र कृपावादजस्ता प्रवृत्तिजन्य भद्रगोल व्यवस्थापन अन्त हुनुपर्छ भन्ने कुरा उठाएका छन्। साथै देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गरेका छन्।

(((((((

प्रेस विज्ञप्ति

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखिख संघर्षरत छौं । विगत लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक  संस्थाहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्छ भनेर हामीले माग राखेकोमा पटकपटक सरकारले त्यस किसिमको सम्झौतासमेत गरेको छ ।

वर्षौंको अलमल र बेवास्तापछि पछिल्लो समय ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले त्यस्ता मापदण्डसम्बन्धी सुझावसमेत सरकारलाई दिइसकेको छ । हाल चलिरहेको दलीय भागवण्डाको मुसा–दौड रोकेर उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिहरुलाई कुनै पनि हालतमा विश्वविद्यालयहरुमा नियुक्त नगर्न पनि ध्यानाकर्षण गराउँछौं । त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भावण्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हो । उक्त कदम सच्याएर योग्यताका आधारम नयाँ नियुक्ति गर्न पनि आग्रह गर्दर्छौं ।

साथै देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गर्दर्छौं । कुनै पनि संस्थाको उत्कृष्टता कसैको इच्छा वा योजनाबाट मात्र नहुने हुँदा उत्कृष्ट शैक्षिक केन्द्रहरु विकास गर्ने हो भने बृहत् भिजन र चुस्त व्यवस्थापनसहित साना संस्थाहरु स्थापित गरेर तिनलाई बढाउँदै लैजानु उपयुक्त हुन्छ । त्यसका लागि अहिलेसम्म विश्वविद्यालयहरुमा संस्थागत भएका दलीय भागवण्डा, नातावाद र कृपावादजस्ता प्रवृत्तिजन्य भद्रगोल व्यवस्थापन अन्त हुनुपर्छ । यी प्रवृत्ति थप संस्थागत हुने गरी आउने नयाँ संस्थाले देशको उच्च शिक्षालाई थप अस्तव्यस्त बनाउँछ । यदि दिवंगत नेताहरुलाई सम्मान गर्ने हो भने सबैभन्दा राम्रो विकल्प हालका विश्वविद्यालयहरुको व्यापक सुधार गरेर तिनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै तिनको नामान्तरण गर्ने विकल्प छँदैछ ।

अन्तमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था गर्न सरकारलाई स्मरण गराउन चाहन्छौं । विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भएको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी गराउँछौं ।

 

 

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं ।

२०७६ साउन २१



मङ्गलबार २१, साउन २०७६ ०४:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.