कैलालीमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

Yugnepal     566 पटक पढिएको    

कैलालीमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या

 

धनगढी, साउन १३ ।  कैलालीको गोदावरी नगरपालिका(५ मा एक युवकले चिर्पटले हानेर बुवाको हत्या गरेका छन् ।

गोदावरी नगरपालिका( ५ र्बबाटामा आइतबार राति करिब सवा नौ बजेको समयमा छोरोले चिर्पटले हानेर बुवाको हत्या गरेका हुन् ।

३० वर्षका छोरा रामसिं कुमालले चिर्पट प्रहार गर्दा ६० वर्षीय बुवा अम्मर सिं कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रातिको समयमा घरायसी विवाद भएपछि छोराले बुवामाथि चिर्पट प्रहार गरेका थिए । गम्भीर घाइते अम्मर सिं कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा लगिएपनि उपचारकै क्रममा मृत्यु भएको हो । घटना पछि छोरा राम सिं कुमाललाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए ।

हत्या गरी फरार रहेका कुमाललाई गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडको सब्जी मण्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बतए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सुदूर खबर बाट साभार ।



सोमबार १३, साउन २०७६ ०४:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.