युट्यूबबाटै ६ वर्षकी बच्ची बनिन् ५५ करोडकी मालिक

Yugnepal     622 पटक पढिएको    

युट्यूबबाटै ६ वर्षकी बच्ची बनिन् ५५ करोडकी मालिक

 

काठमाडौं । अचम्मको कुरा लाग्न सक्छ । जम्मा ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ । तर, यो दुबै कुरा सहि हो जहाँ ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खडा गराएकी छिन् । 

६ वर्षकी ती बच्चीको नाम हो बोरम । जुन दक्षिण कोरीयामा रहन्छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेको छ । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भईन् । ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो ुटोय रिव्यूु र दोस्रो ुविडियो ब्लगु च्यानल मध्ये ुटोय रिभ्युमा उसको सब्सक्राइबर १३।६ मिलियन र ुभिडियो ब्लगुको सब्सक्राइबर १७।६ मिलियन रहेको छ ।  

सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् । युटुबबाट कमाएको सबै सम्पत्ति घर खरीदमा नै सकिएको छ । सियोलको शहरको मुख्य बजारको इलाकामा २५८।३ वर्ग मीटरमा बनेको महललाई गत अप्रिलमा खरिद गरिएको थियो । ुद कोरिया हेराल्डु का अनुसार यो महल बोरमको परिवारका लागि खरिद गरिएको थियो । बोरमको यूट्यूब च्यानलको सञ्चालन उनको परिवारले गर्ने गरेका छन् । 

बोरमको सबैभन्दा चर्चित भिडियोलाई ३७६ मिलियन भन्दा धेरैले हेरेका छन् । जसमा उनी प्लास्टिकको भोजनको उपयोग गरेर चाउचाउ बनाइरहेको देख्न सकिन्छ । 



आइतबार १२, साउन २०७६ ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.