गन्यापधुरा गाउँपालिका बेरोजगार युवालाई ‘ड्राइभिङ’ सिकाउँदै

Yugnepal     856 पटक पढिएको    

गन्यापधुरा गाउँपालिका बेरोजगार युवालाई ‘ड्राइभिङ’ सिकाउँदै

 

डडेल्धुरा,  । गन्यापधुरा गाउँपालिका डडेल्धुराले गाउँपालिकाका बेरोजगार युवालाई ड्राइभिङ सिकाउँदैछ । ५ वटै वडाबाट इच्छुक १६ जना पुरुष र एक जना महिला गरी जम्मा १७ जनालाई दिइने दुई महिने तालिमको शनिबार उद्घाटन गरेको छ ।

१० लाख लागतमा युवा स्वरोगार ड्राइभिङ टेनिङ्ग सिकाउन जिल्ला सदरमुकाममा रहेको उग्रतारा ड्राइभिङ टेनिङ्ग सेन्टरसंग खाना, नाष्ता, बाससहितको तालिम दिने सम्झैता भएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताएका छन् ।

सीप नभए केहि पनि गर्न नसकिने भन्दै उनले प्रत्येक युवाले अनुशासित भइ तालिममा सिकेका कुरा व्यवहारमा लागू गरि व्यवसायीक बन्न आग्रह गरे। उनले तालिममा सहभागि युवाहरुलाई पूर्ण रुपमा सीप सिकाइ दक्ष चालक बनाएर पठाउने अठोट गरे।

‘सीप सिकैं स्वरोजगार बनौँ’ भन्ने उद्देश्यले सञ्चालित उग्रतारा ड्राईभिङ टेनिङ्ग सेन्टरमा ३ सय जनाले सीप सिकेको सञ्चालक तेजबहादुर ऐरले जानकारी दिए ।

ट्रायल सेन्टर जेठ महिनामै मापदण्ड पूरा गरी तयार भएको भएपनि प्रदेश सरकारले विभिन्न वहानामा लाइसेन्सको अधिकार यातायात सेवा कार्यालय नदिएको उनले आरोप लगाएका छन् । उनले भने, ट्रायल सेन्टर पूर्णरुपमा निर्माण सम्पन्न भएको ६ महिना भयो, लाइसेन्स डडेल्धुरामै बनाउने अधिकार अहिलेसम्म अलझिएको छ ।’

आफनो, व्यवसायी, र सेवाका लागि पनि ड्राइभिङ पेशा महत्वपूर्ण भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा सुदूपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्लले बताए। यो रोजगारसंग प्रत्यक्ष जोडिएको एक पेशा र सेवा मात्र हैन आफ्नो र अर्काको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले दक्ष भएर आफनो व्यवसायमा लाग्नु पर्ने बताए।

डडेल्धुराबाट नै सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ वितरणको लागि पहल गर्ने प्रतिवद्धता जनाए। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै मेहनतका साथ तालिम सिक्न सुझाव दिए।

कार्यक्रमले आफूलाई रोजगारीसंग निकट बनाउने तालिममा सहभागि एकजना युवा लोकेन्द्र पनेरुले बताए । गाउँपालिकाले गरेको यो काम सराहनिय भएको उनले भनाइ छ ।



आइतबार १२, साउन २०७६ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.