आइजीपी खनाल भन्छन्,– निर्मला प्रकरणले प्रहरीका राम्रा काम ओझेलमा परें

Yugnepal     708 पटक पढिएको    

आइजीपी खनाल भन्छन्,– निर्मला प्रकरणले प्रहरीका राम्रा काम ओझेलमा परें

 

काठमाडौं, । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्त प्रकरणले गर्दा प्रहरीले गरेका धेरै राम्रा कामहरु ओझेलमा परेको गुनासो गरेका छन् । शुक्रबार प्रहरी हेर्डक्वाटरमा सम्पादकहरुसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी अपराध अनुसन्धानमा ७२ दशमलव ८ प्रतिशत सफल भएको दावी समेत गरे ।

‘यो सफलता विगत बर्षको भन्दा ४ प्रतिशतले बढि हो’ आइजीपी खनालको भनाई छ । उनले विप्लव समूहको शक्तिबारे सबै सुरक्षा अङ्गहरु बसेर विश्लेषण गर्न आवाश्यक रहेको भन्दै अहिलेसम्म सो समुहका १५१४ नेता कार्यकर्ता पक्राउ गरिएको जानकारी दिए ।

त्यसमध्ये एकहजार ३ सय १३ जनामाथि मुद्दा चलाइएको उनले बताए । ‘पक्राउमध्ये १३१३ जनालाई मुद्दा चलाइएको छ । त्यसमध्ये विभिन्न घटनामा सात जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा ६ जना विप्लवका कार्यकर्ता र एकजना सर्वसाधारण रहेका छन्’, अन्तरक्रिया कार्यक्रममा आइजीपी खनालले भने, ‘पक्राउ परेकामध्ये २९ प्रतिशत विप्लव समुहका नेता र ७९ प्रतिशत कार्यकर्ता छन् ।’

उनले पछिल्लो समय विप्लव समूहका गतिविधि नियन्त्रण हुँदै गएको भन्दै समग्र अपराध नियन्त्रणमा प्रहरी एक्लैबाट मात्र सम्भव नहुने भएकाले समुदायसँगको सहकार्य जरुरी ठानेर प्रहरीले त्यस्तो अभियान चलाइरहेको जनाए ।

अपराध नियन्त्रणमा मानवीय स्रोत परिचालन जरुरी रहेको भन्दै उनले प्रहरीले समातेर कारागारमा पठाउने तर कारागारबाट निस्कँदा सुधार हुनुको साटो झन् ठुलो अपराधी बनेर निस्कने भएकाले यो विषय चुनौतीका रुपमा रहेको बताए ।

अहिलेसम्म ७ जना विदेशीसहित एक नेपाली बालयौन दुराचारी नागरिकलाई पक्राउ गरेको भन्दै आइजीपी खनालले यसमा नेपाल प्रहरीले उल्लेख्य प्रगति हासिल गरेकोले अन्तर्राष्ट्रिय जगतले समेत सह्राना गरेको बताए ।

नेपाल प्रहरीमा रहेको जनशक्तिमध्ये ८ प्रतिशत महिला र ९२ प्रतिशत पुरुष सङ्ख्या रहेको जानकारी दिँदै उनले सङ्गठनका सवै कामकारवाही पारदर्शी ढङ्गले अघि बढेको दावी गरे । प्रहरीले विभिन्न कलेजहरुमा हुने धेरैजसो घटनामा कलेजकै इन्चार्जहरु समेत संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको न्दै कलेजहरुमा साइवर सुरक्षाको विषयले कलेजका विद्यार्थीहरु फस्ने गरेको देखिएको बताए ।

‘यहि कारण कतिपय विद्यार्थीहरु यसैकारण आत्महत्या समेत गर्न पुगेको अनुसन्धानबाट खुलेको छ’ आइजीपी खनालको भनाई छ । आइजीपी खनालले वल्र्ड जस्टिस प्रोजेक्टको रुल अफ ल इन्डेक्समा नेपाल प्रहरी ५९ स्थानमा रहेको भन्दै सार्क मुलुकमा पहिलो स्थानमा रहेको जानकारी दिए ।



शुक्रबार १०, साउन २०७६ ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.