सुदूरपश्चिम प्रदेशमा सिटिईभिटीले यसरी छोटो समयमै प्राविधिकमय बनाउने

Yugnepal     966 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा सिटिईभिटीले यसरी छोटो समयमै प्राविधिकमय बनाउने

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिदषको सुदूरपश्चिम प्रदेश कार्यलयले सुदूर पश्चिम प्रदेश अन्तर्गतका बिभिन्न बिद्यालयहरुवाट एस।ई।ई। परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीहरुलाई लक्षित गरी यस प्रदेशका बेरोजगार, अर्ध(बेरोजगार, कामको खोजीमा रहेका तथा प्राबिधिक शिक्षा अध्ययन गर्न चाहेका युवा युवतीहरुलाई समेतलाई प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको बारेमा जानकारी गराउन, आफ्नो रुची, खुबी र क्षमता अनुसारको शिक्षा तथा सीपका कार्यक्रमहरु छनोट बारेमा जानकारी गराई बृत्ती मार्ग  पहिचान गर्न सहज गराउने उद्देश्यले स्थानीय निकाय, पत्रकार, नागरिक समाज, बिद्यालयहरु र अन्य सरोकारवालाहरु संगको समन्वयमा यही २०७६।०३।२१ गते शनिबार प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम जागरण” कार्यक्रम संचालन गरि उक्त कार्यक्रममा एस।ई।ई। उत्तीर्ण गरेका बिद्यार्थी तथा सहयोगी संघसस्थाका कर्मचारीको सहयोगमा आज विहान ७स्३० बजे देखी धनगढी चौराहा देखि सेती अन्चल अस्पताल, सामाजिक बिकास मन्त्रालय हुदै ओम पार्टि प्यालेसमा प्रभातफेरीका कार्यक्रमका साथ सयौं विद्यार्थी, शिक्षक,बुद्धिजिवी,सरकारी निकायका कर्मचारी,पत्रकार लगायतको टोलीको सहभागिता थियो । सिटिईभिटी को अनौपचारिक कार्यक्रमा सिटिईभिटी सम्बन्धी जानकारी सिटिईभिटीका सुदूर पश्चिम प्रदेश निर्देशक डा। कुष्माकर भट्टले दिनु भयो भने उक्त कार्यक्रमको सफलता एव् मार्गदर्शनका लागि सामाजिक विकास मन्त्रि कृष्णराज सुवेधीले समेत सम्बोधन धनगढी स्थित ओम पार्टि प्यालेसमा गर्नु भएको थियो ।

बिहानको समयमा पानी पर्दा पनि प्राविधिक शिक्षा प्रति जनचेतना जोगाउन एव् धनगढी लगायत सुदुर पश्चिमलाई प्राविधिक शिक्षा ज्ञान र सिप मूलक बनाउन सम्पूर्ण विद्यार्थी भाईबहिनीले हातमा प्ले कार्ड सहित प्रभात फेरीमा सहभागिता जनाएका थिए । नारामा लेखिएको थियो प्राबिधिक शिक्षा आजको आवश्यकता, रोजगारीकालागि प्राबिधिक शिक्षा र सीप, सीप सिकौं रोजगार बनौं, सीपयुक्त नेपाल समृद्ध जनता, उपयुक्त बिषय छनोट गरी अध्ययन गरौं, प्राबिधिक शिक्षा लिई स्वरोजगार बनौं, प्राबिधिक शिक्षाको अभियान स्व(रोजगारी श्रृजनाको अभियान, ब्यवहारिक शिक्षा आजको आवश्यकता, पढाउनु भन्दा सिकाउनमा ध्यान दिऔं, पढ्न भन्दा सिक्नमा बल पु(याऔं, समृद्धिका लागि प्राबिधिक तथा ब्यावसायिक शिक्षा, ज्ञान, सीप र ब्यवहारमा परिवर्तन ल्याऔं आदी अनेकन शिक्षा रजनचेतना मूलक नारा थिए ।

कार्यक्रमको बारे सिटिईभिटी सुदूर पश्चिम प्रदेश प्रमुख डा। कुष्माकर भट्टले यस क्षेत्रको विकासका लागि हामी सधैव तयार छौ, अव सुदुर पश्चिम प्रदेशमा प्राविधिक शिक्षा नलिएको मान्छे नपाउने गरी सबै क्षेत्रमा सामुदायिक स्कुलमा पनि सबै खाले शिक्षा पढ्न पाउने ब्यावस्था मिलाउदै गरेको कुरा डकुमेन्ट्री देखाउदै भन्नु भयो ।

तेस्तै सामाजिक विकास मन्त्री कृष्णराज सुवेधीले यस क्षेत्रमा डाक्टर हरुको अभाव रहेकोले एमबिविएस डाक्टर सरकारी तवरबाट पढाउने ब्यावस्था मिलाएको र बिपन्न,पिछडिएका समुदायका ब्यक्तीलाई टिएसएलसी देखि डिप्लोमा अध्ययनमा सहभागीका लागि विशेष छात्रवृत्रिको समेत ब्यावस्था गरेको कुरा कार्यक्रममा जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागिता धनगढीमा रहेका बिभिन्न निजी तथा सरकारी संघस्थाहरुका कर्मचारी तथा प्रमुखको उपस्थीती थियो । उक्त अनौपचारिक कार्यक्रमको संचालन सिटिईभिटी सुदुरपश्चिम उप निर्देशक देव सिंह धामीले गर्नु भएको थियो ।



शनिबार २१, असार २०७६ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.