सर्पको टोकाई बाट बझाङमा १ जनाको मृत्यु

Yugnepal     1300 पटक पढिएको    

सर्पको टोकाई बाट बझाङमा १ जनाको मृत्यु

 

बझाङको मस्टा गाउँपालिका वडा न। १ घर भएको बुङ्गल नगरपालिकामा आफ्नो दिदीलाई घर पुर्‍याएर फर्कने क्रममा केदारेस्यू गाउँपालिकाको देउरा बजार स्थीत अरुण होटेलमा सुती रहेको अवस्थामा विहानी ३ बजे तिर सर्पले दायाँ कानमा १९ बर्षिया पवन रोकायाँ लाई सर्पले डसेको थियो । र उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याएर उपचारका क्रममा पवन को मृत्यु भएको छ ।

यसै बिच नेपाल आर्मीका एक जना ब्यक्तीलाई समेत सर्पले डसेको , उहाँको पनि उपचार हुदै गरेको साथै उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको उपाचारमा कार्यरत डाक्टरले जानकारी दिनु भयो ।



मङ्गलबार १७, असार २०७६ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.