प्रधानमन्त्री ओलीलाई कालो झण्डा

राजनिति

Yugnepal     586 पटक पढिएको    

प्रधानमन्त्री  ओलीलाई कालो झण्डा

 

डडेल्धुरा, ८ फागुन – स्याउले सव स्टेशन उद्घाटनका लागि डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। स्याउले बजारमा कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

पक्राउ पर्नेमा डडेलधुरा कांग्रेसका कार्य समिति सदस्य गोकुल शाही, नेपाल दलित संघ डडेल्धुराका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघ डडेल्धुराका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ संघ डडेल्धुराका अध्यक्ष शियाशरण ठाकुर पक्राउ परेका थिए ।

त्यस्तै स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरेको केही समयपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले छोडेको थियो ।



बुधबार ०८, फागुन २०७५ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.