बाजिल क्वार्टरफाइनलमा, पेरुमाथि ५–० को जित, को को बने नायक

Yugnepal     1118 पटक पढिएको    

बाजिल क्वार्टरफाइनलमा, पेरुमाथि ५–० को जित, को को बने नायक

 

काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी प्रतियोगिताको शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई  ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।

ब्राजिललाई जित दिलाउन कासिमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले १–१ गोल गरे ।

यस्तो छ गोल समय

ब्राजिलले १२ औं मिनेटमा कासिमिरोको गोलबाट पहिलो अग्रता बनायो । 

१९ औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रतालाई २–० को स्थितिमा ल्याए । 

३२ औं मिनेटमा एभर्टनले गोल गर्दै ३–० ले अग्रता दिलाए ।

५३ औं मिनेटमा अल्भेसले गोल गर्दै ४–० ले अग्रता बनाए । 

९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० को जित दिलाए  ।

इन्जुरी समयमा गाब्रियल जिससले पाएको पेनाल्टीलाई भने गोलमा परिणत गर्न सकेनन् । 

भेनेजुएला बोलिभिया बीचको खेल
भेनेजुएलाले अन्तिम खेलमा बोलिभियालाई ३–१ को गोल अन्तरले हरायो । 

डार्बिन माचिसले दुई तथा जोसेफ मार्टिनेजले एक गोल गरे । बोलिभियालाई सान्त्वना गोल लियोनल जस्टिनियानोले दिलाए । 

अंक तालिका
जितसंगै समूह ‘ए’ को ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । तेस्रो स्थानमा रहदै ४ अंक जोडेको पेरुले भने क्वार्टरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नेछ ।

यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । भेनेजुएलाले ५ अंक पायो भने अंकविहीन बोलिभिया प्रतियोगिताबाट बाहिरियो । 
 



आइतबार ०८, असार २०७६ १०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.