सिसौको रुख काट्दा कुटपिट गरेर महिलाको हत्या

Yugnepal     1942 पटक पढिएको    

सिसौको रुख काट्दा कुटपिट गरेर महिलाको हत्या

 

सिरहा,  सिसौंको रुख काटेको भन्दै कुटपिट गरेर एक महिलाको हत्या गरिएको छ।

सिसौको रुख काटेको भन्दै सिरहाको लहान नगरपालिका–९ गोठ टोलकी ५३ वर्षीया तेतरीदेवी महतोलाई लहान–१५ का दाजुभाइ आशाराम महतो र सुमेश्वर महतोले निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते तितरीदेवीको आज बिहान घरमै मृत्यु भएको लहान इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनको मृत्युपछि कुटपिट गर्ने दुवै दाजुभाइ आशाराम र सुमेश्वर फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 



शुक्रबार ०६, असार २०७६ ०३:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal