भगवान रामको जन्मभूमिमा आतंककारी हमलाको सूचना, हाई अलर्ट जारी गरियो

Yugnepal     699 पटक पढिएको    

भगवान रामको जन्मभूमिमा आतंककारी हमलाको सूचना, हाई अलर्ट जारी गरियो

 

अयोध्या। उत्तर प्रदेशको अयोध्यामा आतंककारी हमलाको सूचना आएपछि हाई अलर्ट जारी गरिएको छ । अधिकृत सूत्रका अनुसार शनिवार अयोध्यामा सम्भावित आतंककारी हमलाको मद्देनजर गर्दै विवादित श्रीराम जन्मभूमि समेत सम्पूर्ण अयोध्यामा हाई अलर्ट जारी गरिएको  भारतको समाचार संस्था वेव दुनियाँले जनाएको छ । 

अयोध्याको चारै तर्फ लागेको ब्यारियरमा कडा निगरानीपछिपनि वाहनहरुलाई प्रवेश दिइएको छ। शहरमा आउने जानेवाला ट्रेन, बसहरुमा सघन तलाशी गरिएको छ । होटल, लज एवं गेस्ट हाउसमा कडा नजर राखिएको छ । अयोध्यामा २००५ मा भएको आतंककारी हमला पछि यस मामलाबारे अदालतले फैसला यहि १८ जूनमा सुनाइनेवाला छ ।  त्यसैको समय पूर्व आतंककारी हमला हुनसक्ने सूचनाका कारण विभिन्न जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

पाँच जून २००५ मा अयोध्यामा फिदायीन हमलालाई सुरक्षाबलले असफल बनाउँदै ५ आतंककारीलाई मारेको थियो । यस मामलामा जम्मू(काश्मीरका चार आतंकवादीहरुलाई गिरफ्तार गरिएको थियो । 

उद्धव ठाकरेले रामलीलाको दर्शन गर्ने 
यस बीच शिवसेना प्रमुख उद्धव ठाकरे पनि आफ्नो १८ सांसदहरुका साथ आइतबार विहान १० बजे रामलीलाको दर्शन गर्नेवाला छन् । प्रहरीले यसमा उनको सुरक्षालाई ध्यान दिँदै यसबारे सार्वजनिक रुपमा यसबारे कुनैपनि सूचना दिएका छैन । 

वरिष्ठ प्रहरी अधिकारीहरुले भनेका छन् कि प्रशासनको कुनै आतंककारी इनपुट मिलेको छैन । तर, पनि सूचनालाई ध्यान दिँदै पूरा सतर्कता अपनाइएको छ । उनले सबैभन्दा धेरै ज्यादा सुरक्षा विवादित श्रीराम जन्मभूमि, प्रसिद्ध हनुमानगढी मन्दिर, कनक भवन मन्दिर र नागेश्वरनाथ मन्दिरमा तथा उनको आसपासमा राखिएको छ । 



शनिबार ३२, जेठ २०७६ १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.