मौसमले एकाएक रङ्ग फेर्यो, के होला

Yugnepal     728 पटक पढिएको    

मौसमले एकाएक रङ्ग फेर्यो, के होला

 

काठमाडौँ । मौसमले एकाएक रङ्ग फेरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको अवस्था सामान्य रहँदै जाँदा लगातार रङ्ग फेरेकाले प्रकाशसमेत कम भएको छ । 

आकाशमा कालो बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमात्र हैन देशका अधिकांश स्थानमा शुक्रबार मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पूर्वी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

त्यसैगरी पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शनिबार र आइतबार पनि अवस्था यस्तै रहने महाशाखाले जनाएको छ । 

बिहीबार काठमाडौं उपत्यकामा अत्यन्त गर्मी थियो । अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस थियो भने न्यूनतम तापक्रम १८।७ डिग्री रहेको थियो । 

त्यस्तै दिपालयमा ४१।६, धनगढीमा ४०।३, नेपालगञ्जमा ३९।३, भैरहवा ३८।८ र विराटनगरमा ३७।८ डिग्री सेल्सियस रहेको थियो । 



शुक्रबार ३१, जेठ २०७६ ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.