कैलालीमा   हावाहुरी, १५  जनाभन्दा बढी घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान घाईतेको उपचार सेती अन्चल अस्पतालमा

हावाहुरी,

युग संवाददाता     958 पटक पढिएको    

कैलालीमा    हावाहुरी, १५  जनाभन्दा बढी घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान घाईतेको उपचार सेती अन्चल अस्पतालमा


 धनगढी जेठ   २३  कैलाली र कञ्चनपुरमा  हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। हावाहुरीबाट घाईतेका परिवारहरुलाई भनगढीको  सेती अन्चल अस्पताल र मायाँ मेट्रयो , निसर्ग अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले  कैलालीले जनाएको छ । 

हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको तर १५ जनाभन्दा बढी नै घाइते भएको कैलाली प्रहरीका एसपी सुदीप गिरीले बताए। 

ुहावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,ु एसपी गिरीले नेपाल लाइभसँग भने। 

धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे। 

क्षतिको पूर्ण विवरण आउन बाँकी छ। 



बिहिबार २३, जेठ २०७६ १०:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.