पार्टी दर्ता नहुँदै तत्कालिन फोरम र नयाँ शक्तिवीच खटपट सुरु

Yugnepal     704 पटक पढिएको    

पार्टी दर्ता नहुँदै तत्कालिन फोरम र नयाँ शक्तिवीच खटपट सुरु

 


काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरम नेपाल र  बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीवीच पार्टी एकीकरण घोषणा भएको एक महिना पूर भएको छ  तर अहिलेसम्म कानुनी रुपमा दुइ पार्टी अलग अलग अस्तित्वमा छन् ।

वैशाख २३ गते तत्कालिन संघीय फोरम र नयाँ शक्तिवीच पार्टी एकीकण भइ समाजवादी फोरम गठन गरिएको घोषणा गरिएको थियो तर दुइ पार्टी एकीकरण भएको एक महिना पूरा हुँदा पनि कानुनी रुपमा दुई पार्टीवीच एकीकरण हुन सकेको छैन । निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्न पार्टीका नेताहरुले अहिलेसम्म निवेदन दिएका छैनन् । न त दुई पाटीवीच एकीकरण भएको औपचारिक जानकारी आयोगमा गराइएको छ ।

निर्वाचन आयोगमा निबेदन दर्ता नगर्दै  तत्कालिन संघीय फोरम र तत्कालिन नयाँ शक्तिका नयाँहरुवीच खटपट सुरु भएको छ । पार्टी एकीकरण गरिएकोमा दुबै पार्टीकभित्र पार्टीका केही प्रभावशाली नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट छन् । तत्कालिन नयाँ शक्तिका रामरिझन यादव, देवेन्द्र पाण्डे लगायतका नेताहरु भट्टराइसँग असन्तुष्ट छन् । नयाँ शक्तिका गोरखा जिल्ला समितिका आधाभन्दा धेरै नेताहरु केही दिन अघि औपचारिक रुपमै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।

 यसैगरी लोकप्रिय नायिका करिश्मा मानन्धर पनि पार्टी एकीकरण पछि भट्टराइसँग सन्तुष्ट छैनन । उनले औपचारिक रुपमै बाबुरामलाई छाड्ने तयारी गरेकी छन् । तत्कालिन नयाँ शक्तिका असन्तुष्ट कार्यकताहरु पर्टी एकीकरणको नाममा भट्टराइले उपेन्द्र यादवलाई पार्टीको एजेण्डा, झण्डा, चिन्ह, राजनीतिक अडान बुझाएको आरोप लगाउदै आएका छन् ।

यस्तै स्थिति तत्कालिन फोरममा पनि देखिएको छ । बाबुरामलाई एकीकृत पार्टीको ‘फस्टमेन’ बनाइएकोमा जिल्लाका नेताहरु सन्तुष्ट छैनन् । पार्टीका एक पदाधिकारीले भने, ‘तत्कालिन माओवादीबाट राजिनामा दिए पछि मात्र बाबुरामजी मधेसप्रति लचिलो देखिनु भएको हो । त्यो भन्दा मधेसलाई हेर्ने उहाँको दृष्टिकोण अन्य नेताहरुभन्दा केही फरक थिएन ।’ ती नेताले अझै थपे,‘संविधान जारी भइसके पछि मात्र उहाँ ९भट्टराइ०ले मधेसको सेण्टिेमण्टल लिन खोज्नु भएको हो । संविधानमा उहाँले मधेसको एजेण्डा राख्न कुनै भुमिका निभाउनु भएन ।’ दुइ पार्टी एकीकरण घोषणा पछि बाबुराम र भट्टराइ जेठ ११ देखि देशव्यापी कार्यकर्ता अभिमुखी कार्यक्रममा व्यस्त भए । यस क्रममा भट्टराइ यादवसँग मधेसमा पनि पसे । तर मधेसबाट उनले त्यती राम्रो रेस्पोन्स नपाएको अर्का एक नेताले बताए । जेठ २३ बाट समाजवादी पार्टीको अभिमुखी कार्यक्रम सकिएको छ ।

बाबुराम अहिले पनि संसद्मा प्रतिपक्ष कुर्सीमा बस्छन । पार्टी कार्यालय जानु पर्‍यो भने अहिले पनि उनी  बबरमहल स्थित पुरानो नयाँ शक्ति कार्यालयमा जाने गर्छन । हिसिला यामी पनि तत्कालिन फोरम पार्टी कार्यालय नगइ तत्कालिन नयाँ शक्तिको पार्टी कार्यालय जाने गर्छिन् । नयाँ शक्तिका बँचेका कार्यकर्ताहरुले पनि बाबुरामको बाटो समातेका छन् ।  तत्कालिन नयाँ शक्तिका कार्यकर्ताहरु अझै पनि तत्कालिन संघीय फोरमसँग घुलमिल हुन सकेका छैनन् ।

दबै पार्टीका पार्टी कार्यालय अहिले पनि अलग अलग अस्तित्वमा छन् । पार्टी एकीकरण पछि पनि कार्यकताहरु एक अर्काको पार्टी कार्यालय सकेसम्म जान चाहन्नन् । दुवै पार्टीको सम्पत्ति र अन्य साधान, स्रोत  अहिले पनि अलग अलग स्थितिमा छ । ‘यती हुँदा हुँदै पनि तत्कालिन संघीय फोरम र नयाँ शक्तिवीच पार्टी एकीकरण भएको जानकारी गराउन र नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोगमा जानुको बिकल्प छैन ।’ पार्टी स्रोतका अनुसार तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा बाबुराम र यादववीच विवाद छ ।

नयाँ शक्तिबाट समाजवादी पार्टीमा आएका अधिकांश नेताहरू तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् भने तत्कालीन संघीय फोरमका केही  नेताहरु तत्काल सरकार छाड्ने पक्षमा छैनन् ।  खाशगरी सरकारमा रहेकाहरु मन्त्रीहरु स्वयम उपप्रधानमन्त्री उपेन्द्र यादव तत्काल सरकार छाड्ने पक्षमा नरहेको स्रोतको भनाइ छ ।

 यादवको यस्तो चाहनाले नै समाजवादी पार्टीले सरकार छाड्ने दिन लम्बिरहेको पार्टीका एक पदाधिकारीले बताए । जव कि, नव गठित समाजवादी पार्टीका पहिलो अध्यक्ष बाबुराम भट्टराइ एकीकृत पार्टीले तत्काल सरकार छाड्नु पर्ने अडानमा छन् । अहिले भट्टराइलाई यती अप्ठयारो परेको छ कि,समाजवादी पार्टी सरकारमा छ, तर उनी संसद्को प्रतिपक्ष वेञ्चमा बस्ने गरेका छन् ।  निर्वाचन आयोगबाट संघीय समाजवादी फोरम र नयाँ शक्तिवीच एकीकरण भएको औपचारिक जानकारी संसद सचिबालयलाई नआएकोले कानुनी रुपमा भट्टराइ प्रतिपक्ष वेञ्चमा बस्नु परेको भट्टराइ निकट नेताहरु बताउछन । आयोगबाट औपचारिक जानकारी आयो भने भट्टराइ नैतिक संकटमा पर्ने छन् ।

स्रोतले भन्यो, पार्टी एकीकरण घोषण पनि मधेसको सेण्टिमेण्टल लिन बाबुरामले नव गठित  आन्दोलनमा जानु पर्ने अडान राख्न थालेका छन् । जब कि, अधिकांश फोरमका कार्यकर्ताको भावना पनि यस्तै देखिएको छ ।

 



बिहिबार २३, जेठ २०७६ ०१:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.