भन्सार छलीका सामान नियन्त्रणमा

युग संवाददाता     38 पटक पढिएको    

भन्सार छलीका सामान नियन्त्रणमा

 

धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

आइतबार जिल्लाको भीमदत्त नगरपालिका(४ मदनचोक, वडा नं ५ बनगाउ र वडा नं १७ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु।२ लाखा ४१ हजार ६ सय बराबरको चिनी, जिरा, दाल, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ।



सोमबार २३, चैत २०८२ ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal