देउवाको सचिवालयले भन्यो चुनावअघि स्वदेश फर्किनुहुन्छ

युग संवाददाता     5 पटक पढिएको    

देउवाको सचिवालयले भन्यो  चुनावअघि स्वदेश फर्किनुहुन्छ

 

धनगढी  बुधबार राती सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चार दिनभित्रै स्वदेश फर्किने भएका छन् । सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् ।

ञस्वास्थ्य जाँच गराउन जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ,झ देउवा सचिवालयले भन्यो । मतदानका लागि उनी डडेल्धुरा आउनेबारे भने टुंगो लागिनसकेको सचिवालयले बतायो । सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् । देउवा यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए ।



बिहिबार १४, फागुन २०८२ ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal