नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

युग संवाददाता     47 पटक पढिएको    

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

 


धनगढी  नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ । नेकपा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी निर्वाचनपछि चयन गरिने नेकपाका सांसद शिवसिंह ओलीले जानकारी दिए ।


२१ सदस्यसहित नेकपा सबैभन्दा ठुलो दल बनेको छ । यसअघि सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो ठूलो दलमा पुगेको छ । प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपा र रास्वपाका एक–एक सांसद छन् । भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् । बैठकले प्रदेश सरकार पूर्णतः असफल भएको ठहरसमेत गरेको छ ।



सोमबार २७, माघ २०८२ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal