धनगढीमा गर्मी बढेपछि एक हप्ताका लागी विद्यालयमा गर्मी विदा

Yugnepal     1045 पटक पढिएको    

धनगढीमा गर्मी  बढेपछि  एक हप्ताका लागी विद्यालयमा गर्मी विदा

धनगढी । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि गर्मी विदा दिने भएको छ ।

गर्मीका कारण विद्यार्थीको पठनपाठन र आवत जावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले एक हप्ता विद्यालय विदा गर्ने निर्णय गरेको हो । जेठ २० देखि जेठ २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ को संशोधन सहित नियम ८५ ९३० बमोजिम हिउदे वा बर्षे विदाबाट कट्टा हुने गरी विदा दिन पाउने ब्यबस्था अन्तरगत विदा दिने निर्णय गरेको बताए ।

 



आइतबार १९, जेठ २०७६ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal