सरकार  विमानस्थल सुचारुका लागि बजेट खोई

बजेट खोई

Yugnepal     723 पटक पढिएको    

सरकार  विमानस्थल सुचारुका लागि बजेट खोई

सरकार  विमानस्थल सुचारुका लागि बजेट खोई 
 सुरेश पन्त   
 
महेन्द्रनगर । २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल असुरक्षाको कारण देखाउँदै सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि मझगाउँ विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन नगरेपछि कञ्चनपुरबासी आन्दोलित भएका छन् ।

विमानस्थल सुचारु गर्न बजेट विनियोजन नगरेको भन्दै आज कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा प्रर्दशन गरेका छन् । संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गर्दै ट्राफिक चोक हुदै पुनः मदन चोकै पुगेर समापन गरिएको छ ।

मझगाउँ विमानस्थल संघर्ष समितिका संयोजक रमेश चन्दले संघीय सरकारले बजेट नछुट्याएपछि सांकेतिक दबाब मुलक कार्यक्रम गरिएको बताए । सरकारले बजेट विनियोजन नगरी कञ्चनपुरबासीमाथि अन्याय गरेको बताउँदै संघर्षका कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।

मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि यस अघि पनि पटक–पटक संघर्षका कार्यक्रम भए तर ति संघर्षका कार्यक्रम केही दिनमै मथ्थर भए । ५२ बिघा १० कठठा १२ धुर क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्ग हुँदा समेत कञ्चनपुरवासीले झण्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको छ ।

सुदूरपश्चिममा नियमित रुपमा सञ्चालन रहेको एउटामात्र धनगढी विमानस्थल रहेको छ । धनगढी बिमानस्थलको स्तरबृद्धीका लागि एक महिना सम्म बन्द हुँदा हवाई यात्राका लागि सुदुरपश्चिमका यात्रुहरुले नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ । पहाडी जिल्लामा अछामको साफेवगर विमानस्थलमा परिक्षण उडान सफल भएपनि नियमित उडानका लागि सरकारी र नीजि विमान कम्पनीहरुले चाँसो दिएका छैनन् । कञ्चनपुरको मझगाउँ विमानस्थल सुचारु भए सुदूरपश्चिमबाट हवाई यात्रा गर्न सहज हुने व्यवस्थापक संयोजक चन्दले बताए । यही पिडालाई मध्यनजर गरीे धनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु गर्नका लागि दवावमुलक अभियान सुरु गरेको उनले बताए ।

विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन् । विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । महेन्द्रनगरदेखि झण्डै साढे ५३ किलोमिटर दुरीमा रहेको धनगढी विमान स्थल चढ्नका लागि दैनिक ७० देखि ८० को हाराहारीमा कञ्चनपुरबाट यात्रु जाने गरेका छन् । धनगढी विमानस्थल मर्मत हुन थालेपछि कञ्चनपुरका यात्रुलाई जहाज चढ्न झन् समस्या भएको छ । जग्गाको संरक्षका लागि समेत कुनै योजना राखिएको छैन् । विमानस्थलमै निर्माण गरिएका करोडौका संरचनाको समेत सुरक्षा गरिएको छैन् ।

विमानस्थल सञ्चालनका लागि चुनावी एजेण्डा बनाएका नेताले पनि कुनै वास्ता गरेका छैनन् । विमानस्थल पुनः संचालन भए पर्यटन प्रवद्र्धनकामा टेवा पुग्ने आन्तरीक र बाह्य लागि पर्यटक भित्र्याउन सजिलो हुने पर्यटन ब्यवसायी प्रमानन्द भण्डारीले बताए । ‘यो सामुहिक प्रयासबाट हुने विषय हो । सबैले मिलेर गर्नुपर्ने अन्ले थपे ।’ देशकै पश्चिमी सीमानाका नजिक रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आए नजिकै रहेको भारतको राजधानी दिल्लीबाट समेत पर्यटक भित्रयाउन सजिलो हुने धेरैको तर्क छ ।

विमानस्थल सुचारु भए आर्थिक गतिविधिहरु स्वभाविक रुपमा बढ्ने पनि जिल्लावासीको अपेक्षा छ । एशियाको दोस्रो लामो दोधारा झोलुङ्गे पुल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बेतकोट ताल, बैजनाथ धाम, लिङा क्षेत्र लगायतका पयर्टकीय गन्तव्य भएपनि अपेक्षाकृत रुपमा पर्यटक भित्रिन सकेका छैनन् । यस्को मुख्य कारण नै विमानस्थल नहुँनु रहेको धेरैको बुझाई छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल सुचारुका लागि काम भईरहेको अवस्थामा मझगाउँ विमानस्थल सञ्चालनका लागि भने सरकारले आर्थिक बर्ष २०७६र०७७ मा बजेट नपारे पछि स्थानिय चिन्तीत बनेका छन । नागरिक उड्यन प्राधिकरणसंग समेत कुनै योजना छैन् । अछाम विमानस्थल मर्मतपछि उडानका लागि योग्य भईसकेको छ भने बैतडीको पाटन र डोटीको दिपायल विमानस्थलमा काम जारी छ । हाल मझगाँउ विमानस्थलमा दिनभरी गाई गोरुको बथान देखिन्छ भने धेरैका लागि खेल मैदान बनेको छ ।  राजधानीबाट



शुक्रबार १७, जेठ २०७६ ०५:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.