विश्वकप क्रिकेट  इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

खेलकुद

Yugnepal     1046 पटक पढिएको    

विश्वकप क्रिकेट  इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

विश्वकप क्रिकेट  इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित
 एजेन्सी 

लन्डन । एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ ।

ओभलमा खेलिएको यस खेलमा बेन स्टोकको ८९ रनको व्यक्तिगत रनसँगै इङ्ल्यान्डले आठ विकेटको क्षतिमा ३११ रनको विशाल स्कोर खडा गरेको थियो । स्टोकले उत्कृष्ट क्षेत्ररक्षण गर्नुका साथै केबल १२ रन दिएर दुई विकेट पनि लिएका थिए ।

अर्कोतर्फ सात ओभर मात्र बलिङ गरेका इङ्ल्यान्डका जोफ्रा आर्चरले २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिएका थिए । दक्षिण अफ्रिकाले पहिले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेसन रोय, जो रुट, इओन मोर्गन र बेन स्टोकले व्यक्तिगत ५० भन्दा बढी रन बनाएका थिए ।

तीन सय १२ रनको विशाल लक्ष्य पाएको दक्षिण अफ्रिकाले राम्रो खेल प्रदर्शन गर्न सकेन । क्विन्टन डी कक र भान डर डुसेनले व्यक्तिगत ५० रन बनाउनु बाहेक अरु खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिकाले ३९।५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ । (राससरएएफपी



शुक्रबार १७, जेठ २०७६ ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal