होटल पौवाको १७ शाखाबाट निशुल्क स्वादउत्सव हुदै

युग संवाददाता     602 पटक पढिएको    

होटल पौवाको १७ शाखाबाट निशुल्क स्वादउत्सव हुदै

 

धनगढी । पौवाको नर्वौ वार्षिकोत्सवको अबसरमा चैत २५ देखि २९ गतेसम्म पौवाका १७ शाखाबाट निशुल्क स्वादउत्सव आयोजना हुने भएको छ । आज होटल पौवा धनगढी शाखामा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।

सोे अबसरमा नेपाली स्वाद र संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति पनि हुने हौटल पौवाका धनगढी शाखाका महाप्रबन्धक महेश सिंहले जानकारी दिए ।

यो उत्सव मार्फत पौवाले नेपाली स्वाद,संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्यि तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउने लक्ष्य लिएको उनले बताए ।

त्यस्तै पौवाका सेफहरुबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढी भन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनको भनाई छ । नेपालीहरुको विभिन्न चाडपर्वलाई बिशेष बनाउँदै आएको पौवाले यसै बर्षबाट नेपालीहरुको नयाँ बर्षलाइ स्वागत गर्ने बिशेष कार्यक्रम हुन गईरहेको जनाएको छ ।

चैत्र ३१ गते साँझ आयोजना हुने कार्यक्रममा थारु संस्कृतिमा आधारित साँगितीक कार्यक्रमबाट कार्यक्रमको थालनी गर्ने छौ भने सोही दिन राष्ट्यि तथा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने महाप्रबन्धक सिंहले जानकारी दिए 



शुक्रबार २१, चैत २०८१ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal