विकासका सम्भावनालाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ  ः प्रधानमन्त्री ओली

युग संवाददाता     397 पटक पढिएको    

विकासका सम्भावनालाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ  ः प्रधानमन्त्री ओली


धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम विकासका लागि पर्याप्त सम्भावना भएको प्रदेश भएको बताएका छन् ।

आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘यहाँका विकासका सम्भावनालाई ध्यानमा राखेर हामी अगाडि बढिरहेका छौँ । म पहिले पनि प्रधानमन्त्री हुँदा यहाँ देखिने गरेर विकासका काम अघि सारेको थिए ।’

उनले यस क्षेत्रको विकासका लागिद सरकारले थुप्रै काम गरेको बताए । ‘यस क्षेत्रमा कनेक्टिभिटीका हिसाबले धेरै काम गरेका छौँ ।’ उनले भने ‘पहिले सुरु भएका विकासका योजना अगाडि बढाइ रहेका छौँ ।’

उनले धनगढी रंगशालालाई पनि आधुनिक रंगशालाको रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले यहाँका खानेपानी,विद्युतलगायतका विकासमा पनि सरकारले ध्यान दिएको बताए ।

उनले पञ्चेश्वर परियोजना पनि छिट्टै निर्माण हुने बताए । उनले भने ‘हामीले बिग्रिएको पञ्चेश्वर परियोजनालाई सपारेका छौँ । निर्माण हुन्छ,रोकिदैन,त्यो कुरा अगाडि बढीरहेको छ ।



आइतबार २५, फागुन २०८१ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal