विप्लव आतंक -  निरीह गृहमन्त्री, निरीह सुरक्षा निकाय

Yugnepal     1672 पटक पढिएको    

विप्लव आतंक -  निरीह गृहमन्त्री, निरीह सुरक्षा निकाय

विप्लव आतंक -  निरीह गृहमन्त्री, निरीह सुरक्षा निकाय


बम निष्क्रिय पार्दै सेना।
काठमाडौं( भोजपुरमा केही दिनअघि आफ्ना कार्यकर्ता जानाजान मारेको भन्दै त्यसको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबारका लागि घोषणा गरेको नेपाल बन्दलाई सफल बनाउनुअघि उसले आइतबारदेखि नै बम आतङ्क मच्चाउन सक्ने पूर्व अनुमान थियो।

यसपटक पनि उसले राजधानीलाई नै ‘टार्गेट’ गर्नेमा कुनै शंका थिएन।  कार्यकर्ता मारिएको गतिलो जवाफ सरकारलाई दिने चेतावनीसहित बन्द आह्वान गरेका विप्लव र उनको कथित ‘आपराधिक समूह’  उग्रह बन्न सक्छ भनेर अनुमान गर्न सकिने धेरै कारण थिए। भयो नै त्यस्तै। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि केही सय मिटरभित्रमा बम तयार हुँदो रहेछ भन्ने तब थाहा भयो जब आइतबार अपरान्ह विस्फोट भयो।

त्यस घटनामा एक जना मारिए, अर्का एक जना घाइते भए। लगभग त्यही समयमा सुकेधारामा रहेको एक सैलुनमा पनि विस्फोट भयो। एक जना घटनास्थलमै, एक अस्पताल लैजाँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भयो। त्यस विस्फोटमा  घाइते भएका अन्य चारै जनाको अवस्था सामान्य छैन। दुवै घटनापछि अलमलिएको उपत्यकाको प्रहरीलाई विप्लव समूहले ‘विरालोले मुसालाई नचाए’ जसरी खेलायो।

उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा कुकर बम भेटिए। विस्फोटपछि उच्च सतर्कता अपनाएको भनिएका सुरक्षा निकायलाई विप्लवले चुनौती दिइरह्यो( त्यसपछि पनि बसपार्क, ठूला सडकमा बम राखेर। विप्लव समूह रोकिएन।

सोमबारको संसद बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहसँग जनसेनाका चार वटा कम्पनी रहेको खुलासा गरे। विप्लव नेतृत्वको माओवादीको गतिविधि प्रदेश र संघको निर्वाचनमा देखिएको स्मरण गर्दै उक्त समूह सामान्य तरिकाले ‘रोक्न सकिने’ अवस्थामा नरहेको संकेत गरे।

यतिधेरै सूचना र जानकारी भएका गृहमन्त्री बादलले विप्लवबाट हुन सक्ने सम्भावित गतिविधिलाई रोक्न किन सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न सकेनन् रु गुप्तचर निकाय राष्ट्रिय अनुसन्धानसहित चारवटै सुरक्षा निकायको ‘इन्टेलिजेन्स’ साँच्चै कमजोर भएको हो की विप्लव समूह बढी चतुर र सफल  रु

सिंहदरबारलाई वरिपरि बसेर खुलेहाम च्यालेन्ज 

नख्खु विस्फोटलाई विर्सने हो भने विप्लव समूहले बन्दको अघिल्लो दिन पारेर वा विरोध कार्यक्रमका बीच मात्र विस्फोटनका गतिविधिहरु सन्चालन गरिरहेको देखिन्छ।

संघीय तथा प्रदेश निर्वाचनका बेला राजधानीमा शृंखलाबद्धरुपमा बम आतङ्क मच्चाएको विप्लव समूहले मतदानको दिनदेखि त्यस्ता गतिविधी ठप्प पारेको थियो।

त्यसयता नेपाल बन्दको कार्यक्रम घोषणा भएका बेलामात्र उक्त समूहका यस किसिमका गतिविधीहरु देखिने गरेका छन्। भोजपुरमा प्रहरी कारबाहीमा कार्यकर्ता मारिएपछि विप्लव समूह यसपटक कडारुपमा उत्रने देखिएको थियो, सरकारसँग यसको बदला लिने घोषणा गरेपछि।

‘विगतमा सुरक्षा स‌ंयन्त्रलाई हायल कायल बनाएको विप्लव समूहले मच्चाउन सक्ने सम्भावित आतंकप्रति सुरक्षा निकाय बेलैदेखि सजग रहनुपर्थ्योर। सबैभन्दा चिन्ताको कुरा हाम्रो सुरक्षा निकायका इन्टेलिजेन्स कति निकम्मा र कमजोर रहेछन् भन्ने हो’ नेपाल प्रहरीका एक पूर्व एआइजी भन्छन्। देशसञ्चार



मङ्गलबार १४, जेठ २०७६ ११:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.