सुरक्षा निकायलाई हाई अलर्टमा रहन मुख्यमन्त्री सोडारीको निर्देशन

युग संवाददाता     618 पटक पढिएको    

सुरक्षा निकायलाई हाई अलर्टमा रहन मुख्यमन्त्री सोडारीको निर्देशन


धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । मुख्यमन्त्री सोडारीको अध्यक्षमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तत्काल २ हजार नेपाल प्रहरी परिचालित रहेको रहेका छन् । साथै सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको हो । केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ । भने पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ ।



आइतबार २३, असार २०८१ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal