टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

युग संवाददाता     638 पटक पढिएको    

टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

 

काठमाडौँ। नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पदको निलम्बन फुकुवा भएको छ। सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद पदको निलम्बन फुकुवा गर्न शुक्रवार आदेश दिएको हो।

श्रम मन्त्री हुँदाको एउटा मुद्दालाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार सङ्घीय संसदले उनको पद निलम्बन गरेको थियो। गुरुङले निलम्बन फुकुवाको लागि गत महिनाको फागुन २१ गते रिट दाएर गरेका थिए। उक्त निलम्बन विरुद्ध सर्वोच्च अदालत पुगेका गुरुङको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रवार रिट जारी गरेको हो। अदालतबाट रिट जारी भएसँगै संसदीय गतिविधिमा भाग लिन बाटो खुलेको छ।



शुक्रबार १६, चैत २०८० १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal