तयारी हुनुहोस् सेयर हाल्न, सवा दुई अर्बको आईपीओ आउँदैछ

अर्थ

Yugnepal     1047 पटक पढिएको    

तयारी हुनुहोस् सेयर हाल्न, सवा दुई अर्बको आईपीओ आउँदैछ

तयारी हुनुहोस् सेयर हाल्न, सवा दुई अर्बको आईपीओ आउँदैछ

सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने तयार रहनुहोस् । यति बेला १६ वटा कम्पनीहरु सेयर निष्काशन गर्ने तरखरमा छन् । दुई वटाले आगामी साता सेयर निष्काशन गर्दैछन् भने १४ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् । समग्रमा १६ वटा कम्पनीको कुल दुई अर्ब २४ करोड ३३ लाख रुपेयाँ बराबरको साधारण सेयर ९आईपीओ० आउँदैछ ।

इन्फिनिटी माइक्रोफाइनान्सको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर जेठ १३ देखि खुल्दैछ भने १४ गतेदेखि हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १६ लाख कित्ता आईपिओ आयोजना प्रभावितका लागि खुला गर्दैछ । त्यसपछि छिटै सर्वसाधारणका लागि पनि सेयर जारी गर्नेछ ।

यसबाहेक १४ कम्पनीले धितोपत्र बोर्डमा एक अर्ब ४५ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि आवेदन दिएका छन् । जसमध्ये, ११ जलविद्युत् कम्पनी, दुई माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।

पाइपलाईनमा रहेका कम्पनीहरु 
ग्रिनलाइफ हाइड्रोपावर कम्पनी स् ३४ लाख ९६ हजार चार सय कित्ता
लिबर्टी इनर्जी कम्पनी ३७ लाख ५० हजार लाख कित्ता 
शुभम पावर  पाँच लाख ८० हजार पाँच सय ८० कित्ता 
शिव श्री हाइड्रोपार  ३३ लाख ५१ हजार एक सय ४० कित्ता 
आँधीखोला लघुवित्त वित्तीय संस्था  चार लाख कित्ता
माउँली खोला जलविद्युत् कम्पनी  सात लाख ३६ हजार दुई सय ८६ कित्ता 
रुरु जलविद्युत् परियोजना  चार लाख सात हजार सात सय पाँच कित्ता
माउन्टेन इनर्जी नेपाल  ३९ लाख ३६ हजार ५४ कित्ता
गर्जाङ उपत्यका हाइड्रोपावर स् दुई लाख कित्ता 
लाफिङ बुद्ध पावर नेपाल स् नौ लाख ७८ हजार कित्ता
सीईडीबी हाइड्रो फन्ड २२ लाख ८९ हजार तीन सय कित्ता

घोडिघोडा लघुवित्त वित्तीय संस्था  एक लाख ३२ हजार छ सय कित्ता 
सबैको लघुवित्त वित्तीय संस्था   पाँच लाख ३० हजार कित्ता

सीबीआईएल क्यापिटल  तीन लाख  कित्ता  । बैंकिङ खबर बाट साभार



बुधबार ०८, जेठ २०७६ ०४:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal