निसर्ग हस्पिटलको डेन्टलमा चैत १६ गतेसम्म निःशुल्क परीक्षण

युग संवाददाता     1268 पटक पढिएको    

निसर्ग हस्पिटलको डेन्टलमा चैत १६ गतेसम्म निःशुल्क परीक्षण


धनगढी। निसर्ग हस्पिटलको निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर यहि चैत ६ गतेदेखि १६ गतेसम्म निःशुल्क दन्त परीक्षण र परामर्श गर्ने भएको छ ।

मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ रहेमात्र अन्य कुरामा पनि स्वस्थ रहन सकिन्छ भन्नेबारे जनमानसमा सचेतना जगाउन र नियमित चेक जाँचको लागि प्रोत्साहन गर्नपनि यो दिवस मनाउन लागेको हस्पिटलकी दन्तरोग बिशेषज्ञ डा।ज्योत्स्ना पौड्यालले बताए ।


यस्तै निसर्ग डेन्टल एण्ड म्याग्जेलोफेसियल युनिटले चैत १६ गतेसम्म निःशुल्क ओ।पि।डि सेवा र ६० वर्ष माथिका व्यक्तिलाई सम्पुर्ण दन्त सेवाहरुमा २५ प्रतिशत सम्म छुटदिईने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । ’एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नारासाथ यस वर्ष यो दिवस मनाइदै छ ।



सोमबार ०५, चैत २०८० ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal