सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नाउपाका  समर्थन कायमै

युग संवाददाता     183 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नाउपाका  समर्थन कायमै


धनगढी  / नाउपाले केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएपनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले भने यस अघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेकी छन् ।
संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो । अहिले पनि कांग्रेस नेतृत्वकै सरकारमा सहभागी भएकाले यहि सरकारलाई सघाउने निर्णय गरेको संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये पाँच मन्त्री छन् उनीहरुले मुख्यमन्त्री कमल बहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । आजको बैठकमा कैलाश चौधरी र टिका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता घनश्याम चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरि छलफल गरिरहेको दावी गरेका छन् ।
अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको हो । तर नागरिक उन्मुक्तिले सरकार लाई अहिलेको सरकार लाई नै समर्थन गर्न भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले उपयुक्त समयमा विश्वासको मत लिने तयारी पनि शुरु भएको कांग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीले बताए ।
५३ प्रदेश सभा सदस्यमध्ये सुदूरपश्चिम प्रदेशमा बहुमतका लागी २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । चार जना मन्त्री थपेपनि मुख्यमन्त्री कमल बहादुर शाह लाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ जना सांसद मात्र उनको पक्षमा छन् । यता सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले भने यस अघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेकी छन भने संसदीय दलका नेता चौधरीले सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने प्रयास शुरु भएको दावी गरेका छन् ।



आइतबार ०४, चैत २०८० ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.