बुधबारको दिनमा श्रीशैलेश्वरी मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ ८ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

Yugnepal     806 पटक पढिएको    

बुधबारको दिनमा श्रीशैलेश्वरी मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ ८ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

बुधबारको दिनमा श्रीशैलेश्वरी मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेष्ठ ८ गते बुधबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।।

वि।सं।२०७६ साल ज्येष्ठ ०८ गते । बुधबार । ईश्वी सन् २०१९ मे २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि चतुर्थी,५४ घडी ५४ पला,रातको ०३ बजेर ११ मिनट उप्रान्त पञ्चमी । नक्षत्र पूर्वाषाडा,अहोरात्र । योग साध्य,१४ घडी ३२ पला,बिहान ११ बजेर ०२ मिनेट उप्रान्त शुभ । करण बव,दिउसो ०२ बजेर ४३ मिनेट उप्रान्त वालव,रातको ०३ बजेर ११ मिनेट उप्रान्त कौलव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि धनु ।  जैविक विविधता दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५७ पला ।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० बिशेष मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । लामो समयदेखि रोकिएर बसेका सरकारि तथा घरायसि कामहरु बन्नेछन् । पढ्ने लेख्ने काममा मन जाने हुँनाले सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । सामाजिक काम गर्नुपर्ने बाध्यता आउँने तथा व्यापार व्यावसायमा समय दिन नसकिने हुँनाले अन्य दिनको तुलनामा आम्दानि कम हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।
मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग  तथा समर्थन पाईने हँदा मन प्रसन्न हुँनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।
सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । शिक्षा पेशा सँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।
तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँने हुँदा बिलाशि जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको मायाको डोरो कसिलो भएर जानेछ । बिद्यार्थि वर्गहरुले पढाई लेखाईमा भनेजस्तो सुधार गर्न सक्नेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न रहनेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नया प्रकृतिको योजना फुर्नेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । अन्य काममा व्यास्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको  छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।



मङ्गलबार ०७, जेठ २०७६ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.