डोटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते

युग संवाददाता     139 पटक पढिएको    

डोटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते

 


डोटी। डोटीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । आज बुधवार बिहान ११ बजेतिर शिखर नगरपालिका १० स्थित टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आदर्श गाउँपालिका–४ का ३२ वर्षीय कृष्ण बहादुर विष्ट घाइते भएका हुन् ।

डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको से १ प ६४५ नम्बरको टिपरले विपरीत दिसा तर्फ गइरहेको सु।प।प्र ०१०११ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते मोटरसाइकल चालक विष्टको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । विष्टको अवस्था सामान्य छ ।
टिप्पर डडेल्धुराको आलिताल गाउँपालिका–५ का ४० वर्षीय राम बहादुर धामीले चलाएका थिए । टिप्पर चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



बुधबार १६, फागुन २०८० १२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.