बझाङमा जीप दुर्घटना हुँदा दुईजना घाइते

युग संवाददाता     84 पटक पढिएको    

बझाङमा जीप दुर्घटना हुँदा दुईजना घाइते

 

बझाङ। बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बझाङ बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज।५९२ नम्बरको जीप बुङगल नगरपालिका –५ मिनिबगडस्थित बागथला –बिजगडा कच्ची सडक खण्डमा पछाडीको टायरको चक्का निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो 

आज वेलुका ६ः३० बजे दुर्घटनामा परि बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते भएका छन् ।


उनीहरु दुबै जनाको बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ । सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताए । उनका अनुसार दुबै जनाको अवस्था अहिले सामान्य रहेको छ ।



मङ्गलबार १५, फागुन २०८० ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.