निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव सर्वसम्मतले पारित

युग संवाददाता     91 पटक पढिएको    

निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव सर्वसम्मतले पारित

गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।


महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेका हुन् । 

यससँगै महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी एकता गर्ने छैन । यसबाट अब कांग्रेस मतदाताले रुख चिन्हमै छाप लगाउन पाउने भएका छन् । 

यसअघिको गठबन्धनका कारण कांग्रेसी नेता कार्यकर्ता र मतदाताले अन्य दलका चुनाव चिन्हमा मतदान गर्न विवश भएका थिए । 



बिहिबार १०, फागुन २०८० ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.