ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

युग संवाददाता     87 पटक पढिएको    

ग्राहकको १ करोड ३७ लाख रकम चोरेको आरोपमा वाणिज्य बैंकका कर्मचारी पक्राउ

 

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् । नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।


प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी ९एसपी० होबिन्द्र बोगटीले बताए । आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । 
बैंकिङ खबरबाट



बुधबार ०९, फागुन २०८० ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.