छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

युग संवाददाता     104 पटक पढिएको    

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

 


कैलाली। कैलालीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार टीकापुर नगरपालिका –१ शान्तिनगरका सिर्जना चौधरीको एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।


बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि टीकापुर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । यसैगरी, पूर्व–पश्चिम राजमार्गमा बसेको ठक्करबाट गौरीगङ्गा नगरपालिका –८ बढैपुरका ३९ वर्षीय गोपी दमाईको मृत्यु भएको छ ।


दमाईले चलाएको से ३ प ९३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते दमाईलाई उपचारका लागि सेती अस्पताल लैजाँदा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



सोमबार ०७, फागुन २०८० ०५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.