अध्यक्ष ओलीद्वारा  बर्दगोरिया गाउँपालिकाको प्रशासनिक  भवन उद्घाटन

युग संवाददाता     159 पटक पढिएको    

अध्यक्ष ओलीद्वारा  बर्दगोरिया गाउँपालिकाको प्रशासनिक  भवन उद्घाटन


धनगढी । नेकपा एमाले  का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।


एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि कैलालीको घोडाघोडी आएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७६र०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।

बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए। उनले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गरे।


अध्यक्ष ओलीले  एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौँदेखि कैलाली आइपुगेका हुन् । ६ करोड १७ लाख लागतको ५० कोठे प्रशासनिक भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो । स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।



आइतबार ०६, फागुन २०८० ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.