नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

युग संवाददाता     73 पटक पढिएको    

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

 


काठमाडौं– कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकदोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ५।९१ अंकले बढेको नेप्से आज १४।४६ अंकले घटेर २ हजार ६२ को विन्दुमा पुगी बन्द भएको छ ।

आज ३ सय ५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँको पुगेको छ ।

आज ७९ कम्पनीको कारोबार नाफामा जाँदा १ सय ६३ कम्पनीको कारोबार घाटामा देखिएको छ । ७ कम्पनीको कारोबार भने स्थिर छ ।

कारोबार बढी गर्ने कम्पनीमा बोटल्स नेपाल  बालाजु  लिमिटेड रहेको छ । सबैभन्दा बढी घाटामा जाने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड देखिएको छ । 
बैकिङ्ग समाचारबाट



शनिबार ०५, फागुन २०८० ०३:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.