कांग्रेस केन्द्रीय समिति बैठकका तीन निर्णयहरु

युग संवाददाता     80 पटक पढिएको    

कांग्रेस केन्द्रीय समिति बैठकका तीन निर्णयहरु

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बिहीबार र शुक्रबार गरी दुई दिन बसेको बैठकले विभिन्न तीन निर्णय गरेको छ । 


जसमा प्रस्तुत गरिएका सबै प्रस्ताव पारित भएका छन् । त्यस्तै महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय बैठकले गरेको छ । 

त्यसैगरी बैठकले संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । 

यस्तो छ कांग्रेसले जारी गरेको प्रेस विज्ञप्ति 

फागुन ४, २०८०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फागुन ३ र ४ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बसेकोे बैठक आज सम्पन्न भयो । 

बैठकको निर्णयहरु ः
१।    नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा। प्रकाशशरण महतद्वारा प्रस्तुत नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरियो । प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरियो । 
२।    महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने । 
३०    नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउनका लागि देहाय बमोजिमको निर्वाचन समिति गठन गर्ने ।
    संयोजक — सहमहामन्त्री श्री भीष्मराज आङ्दम्बे
    सदस्य     — केन्द्रीय सदस्य श्री पुष्पा भुसाल
    सदस्य    — केन्द्रीय सदस्य श्री प्रकाश रसाइली स्नेही

आजको बैठकमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, अर्जुननरसिंह के।सी।, डा। शेखर कोइराला, बलबहादुर के।सी।, ज्ञानेन्द्रबहादुर कार्की, डा। मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, डा। चन्द्रकान्त भण्डारी, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदिप पौडेल, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कण्डेल, डा। डिला संग्रौला, किरण यादव, शिवप्रसाद हुमागाँइ, रामजनम चौधरी, डा। गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल कृष्णकिशोर घिमिरे, आङ्गेलु शेर्पा, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, नैनसिंह महर, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी  डा  रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, डा। चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, प्रकाश रसाइली स्नेही, मुक्ताकुमारी यादव, रंगमती शाही, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, प्रा।डा। गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, नानु बास्तोला, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, दिनेश कोइराला, सुशील थिङ, सीताकुमारी राना, शान्ति परियार वि।क।, भरतकुमार शाह, राधा घले, सीता थपलिया उर्मिला  लक्ष्मी खतिवडा, सीतादेवी देवकोटा, शारदा पौडेल, प्रदेश सभापतिहरु— कृष्णप्रसाद यादव मधेश प्रदेश, इन्द्रबहादुर वानियाँ बागमती प्रदेश, शुक्रराज शर्मा गण्डकी प्रदेश, अमरसिंह पुन लुम्बिनी प्रदेश र ललितजंग शाही कर्णाली प्रदेश ले आ–आफ्नो धारणा राख्नु भएको थियो । 

जय नेपाल 
    कृष्णप्रसाद पौडेल
    मुख्य सचिव    

 



शनिबार ०५, फागुन २०८० ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.