कञ्चनपुरमा ६ लाख बढी भन्सार छलीका सामान बरामद

युग संवाददाता     146 पटक पढिएको    

कञ्चनपुरमा ६ लाख बढी भन्सार छलीका सामान बरामद

 


कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले ६ लाख रुपैया भन्दा बढि मुल्यका भन्सार छलीका सामानहरु बरामद गरेको छ।


कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १७ मझँगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार रुपैष बराबरको कपाल बाध्ने रबर, लालझाँडी गाउपालिका वडा नम्बर १ डाडा बिछुवाबाट अन्दाजी मूल्य ५ लाख ६७ हजार रुपैया बराबरको प्याज, ३ थान मोटरसाईकल बरामद गरेको छ।

यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर १, २ बैजुडाडा र भैसोरबाट अन्दाजी २९ हजार ५ सय ५ रुपैया बराबरको खाने तेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामानहरु गरि जम्मा ६ लनद १ हजार ५ सय ५ रुपैया बराबरको सामानहरु प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।



बिहिबार ०३, फागुन २०८० ०४:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.