आइतबारको दिनमा बेहडा बाबाको मन्दिरलाईको दर्शन गरी  २०७६ जेठ ५ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय बेहडा बाबा  ।।

Yugnepal     818 पटक पढिएको    

आइतबारको दिनमा बेहडा बाबाको मन्दिरलाईको दर्शन गरी  २०७६ जेठ ५ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। जय बेहडा बाबा  ।।

 

वि।सं।२०७६ साल ज्येष्ठ ०५ गते । आईतबार । ईश्वी सन् २०१९ मे १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि प्रतिपदा,५२ घडी ३४ पला,रातको ०२ बजेर १७ मिनट उप्रान्त द्वितीया । नक्षत्र अनुराधा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग परिध,२१ घडी ५८ पला,दिउसो ०२ बजेर ०२ मिनेट उप्रान्त । करण वालव,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि बृश्चिक   ।  काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ४९ पला ।

बेहडाको लागि तस्बिर परिणाम
मेष  - चू,चे,चो,ला,लि,लू,ले,लो,अ० व्यापार व्यावसायमा अलि बढि समय दिनसके आम्दानि बढाउँन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अन्य काममा व्यास्त हुँदा अध्ययन अध्यापनको पाटो कमजोर रहनेछ । चेलि तथा माईति बिचको सम्बन्धमा दुरि बढ्ने योग रहेकोछ ।
बृष - ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० परिवारका साथ रमाईलो बाताबरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।  आलोचना गर्नेहरु बढ्नेछन्  भने सानातिना घरेलु समस्याले सताउँनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुँनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुँनेछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा० अदालत तथा न्यायिक निकायबाट हुँने  निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरु सँग घरायसि कुरामा राय बाजिनेछ ।
कर्कट - ही,हू,हे,हो,डा,डी,डु,डे,डो० शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुँने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।

बेहडाको लागि तस्बिर परिणाम
सिहं - मा,मी,मू,मे,मो,टा,टी,टू,टे० आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० दाजुभाई तथा छिमेकिहरु सँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा  पति पत्निबिच अबिश्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।
तुला- रा,री,रु,रे,रो,ता,ती,तू,ते० आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउँनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर  जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।
कुम्भ- गू,गे,गो,सा,सी,सू,से,सो,दा० सरकारि कामकाजमा ढिला सुस्ति हुँने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच घर सल्लाह नमिल्न सक्छ ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुँनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुँने हुँनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट समारात्मक नतिजा आउँनेछ ।



आइतबार ०५, जेठ २०७६ ०५:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.