माल्दिभ्समा ऋण संकटको उच्च जोखिम

युग संवाददाता     93 पटक पढिएको    

माल्दिभ्समा ऋण संकटको उच्च जोखिम


माल्दिभ्स । माल्दिभ्स सार्वजनिक ऋण संकटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष  आइएमएफ ले जनाएको छ । पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले जनवरी २३ देखि फेब्रुअरी छ सम्म माले भ्रमण गरेपछि माल्दिभ्स बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको दबाबमा रहेको रिपोर्ट सार्वजनिक गरेको हो ।

माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३ दशमलव नौ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा चार दशमलव चार प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । सन् २०२४मा पर्यटक आवागमन पाँच दशमलव दुई प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

विश्वभर इन्धनको बढ्दो मूल्य र व्यापक आयातले मल्दिभ्सले ठूलो घाटा ब्यहोर्नुपर्ने अनुमान नपनि आइएमएफले गरेको छ । महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ । बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

सङ्कट कम गर्न, सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक रहेको पनि आइएमएफले जनाएको छ ।



सोमबार २९, माघ २०८० ०३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.