पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिने

युग संवाददाता     106 पटक पढिएको    

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिने

 

धनगढी। पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ ।उहालाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।

नागरिक अभिनन्दन मूल समारोह समितिले आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उहाँलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिएको छ।

सो अवसरमा मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली सहित्य र राजनीतिको क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मान गर्न उहाँलाई अभिनन्दन गर्न लागिएको बताउनुभयो ।
साहित्यकार चन्दका पाहुना घर, विसर्जन, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत कृति प्रकाशित छन् ।


वरिष्ठ साहित्यकार चन्दको ‘विसर्जन’ कृतिले २०५४ सालमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ पाएको हुन । चार पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुभएका चन्दलाई नागरिक अभिनन्दन गर्न सुदूरपश्चिमका लेखक, कवि, साहित्यकार र समाजसेवीको भेलाले नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको थियो ।उनले नागरिक अभिनन्दन समारोह अघि धनगढीमा स्थानीय भेषभुषा, लोकसंस्कृति झल्कने झाकी सहितको रथारोहण आयोजना गरिने जानकारी दिए ।



शुक्रबार २६, माघ २०८० ०४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.