धनगढीका पाँचवटा विद्यालयलाई नमुना विद्यालय बनाउन टिच फर नेपालले सहयोग गर्ने

युग संवाददाता     165 पटक पढिएको    

धनगढीका पाँचवटा विद्यालयलाई नमुना विद्यालय बनाउन  टिच फर नेपालले सहयोग गर्ने

 

धनगढी । धनगढी उपमहानगरपालिकामा सञ्चालित पाँचवटा सामुदायिक विद्यालयलाई ‘नमुना विद्यालय’ को रुपमा विकास गर्न टिच फर नेपालले सहयोग गर्नेभएको छ।

सो कार्यका लागि बुधबार टिच फर नेपाल धनगढी उपमहानगरपालिका बीच सम्झौता भएको छ । सम्झौतामा नगरक्षेत्रभित्र सञ्चालित पाँचवटा सामुदायिक विद्यालयको निर्माण र शिक्षाको गुणस्तर सुधार गर्ने उल्लेख छ ।

पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



बुधबार २४, माघ २०८० १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.