पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय

युग संवाददाता     94 पटक पढिएको    

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय

 


इस्लामावाद  । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि जेल सजाय सुनाइएको छ ।

राज्यको गोप्य सूचना चुहावट गरेको मुद्दामा १० वर्ष जेल सजाय सुनाइएको एक दिनपछि भ्रष्टाचार अभियोगमा खानलाई १४ वर्ष जेल सजाय सुनाइएको हो । राष्ट्रिय निर्वाचनको एक साता अघि पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई १० वर्षसम्म कुनैपनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ । उनलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

आगामी बिहीबार पाकिस्तानमा राष्ट्रिय निर्वाचन हुँदै छ । करिब १२ करोड ७० लाख मतदाताले मतदान गर्दैछन् । चुनावको एक साता अघि खानलाई जेल सजाय सुनाइएपछि खान र उनको दल तेहरीक–ए–इन्साफ ९पीटीआई० बहसको केन्द्रमा छ ।

सन् २०२२मा सत्ताच्युत भएयता खानलाई पाकिस्तानका सैन्य योजनाकारविरुद्ध अवहेलनाको अभियान चलाई पुनः सत्तामा फर्कन नदिन अदालती मुद्दा लगाइएको थियो । गत वर्ष मे महिनामा खानलाई पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो । सडक आन्दोलनलाई सैन्य दमनद्वारा निष्क्रिय पारिएको थियो भने हजारौं पीटीआई समर्थकहरु हिरासतमा लिइएको थियो । आर्थिक दैनिक बाट



सोमबार २२, माघ २०८० ०५:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.