कांग्रेस मुख्यालयमा नेवीसंघका दुई समूहबीच तनाव

युग संवाददाता     59 पटक पढिएको    

कांग्रेस मुख्यालयमा नेवीसंघका दुई समूहबीच तनाव

 

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवीसंघ० का दुई समूहबीच विवाद भएको छ।


संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नयाँ समिति विस्तारको विषयलाई लिएर विवाद भएको हो । दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेवीसंघ केन्द्रीय कार्यसमितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ।

नेता कृष्णप्रसाद सिटौला पक्षसहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए । उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहितका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन् । 

कांग्रेसले नेवीसंघको महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्नुको सट्टा तदर्थवादमा जाँदै कार्यसमितिमा सदस्यमात्र भरेपछि चरम असन्तुष्ट बढेको हो । जसमा विद्यार्थी नेताहरुको वृत्ति विकाससमेत रोकिएको छ । 



बिहिबार २५, साउन २०८० ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.