नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

युग संवाददाता     124 पटक पढिएको    

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

चेतराज ओझा
धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफुले दुई मन्त्रालय नपाए सरकारमा नजाने बताएको छ । उन्मुक्ति संसदिय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालय पाउनुपर्ने दाबि  कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजीक बिकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनुपर्ने माग गरेका छन् ।
‘हामीले दुई मन्त्रालय पानुपर्ने माग राखेका छौ, यदि आफ्ना माग पुरा नभए आज हुने सरकारमा नजाने र मन्त्रीमण्डल बिस्तारलाई बहिस्कार गर्छौै,’ दलका नेता घनश्याम चौधरीले भने । 

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर, नाउपाले एउटा मात्रै मन्त्रायलय पाउने भएपछि नाउपा सरकारमा नजाने तयारीमा छ ।

सरकारलाई विश्वासको मत दिनमा उन्मुक्तिको ठुलो हात थियो । तर, मन्त्रालय भागवण्डामा नेकपा माओवादीलाई बढी सिट दिनु नहुने उनको भनाई छ ।



शुक्रबार ०५, जेठ २०८० ११:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.