पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढीमा गर्ने नागरिक अभिनन्दन कार्यक्रम स्थगित

युग संवाददाता     272 पटक पढिएको    

पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढीमा गर्ने नागरिक अभिनन्दन कार्यक्रम स्थगित

 

 चेत राज ओझा 
धनगढी  जेठ ५ /  पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशको धनगढीमा मा जेठ ६ गते  हुने भनिएको  नागरिक अभिनन्दन  कार्यक्रम स्थगित  भएकोे छ । धनगढीमा आज नागरिक अभिनन्दको सचिवालयले पत्रकार सम्मेलन मार्फत मुल आयोजक समितिका संयोजक जयन्त चन्दले  पत्रकार सम्मेलनमा बताए ।  विषेश सुरक्षा कारण देखाइ मुल आयोजक समितिले ६ गते गर्ने पुर्व राजा ज्ञाानेन्द्र शाहको नागरिक अभिननदन गर्ने कार्यक्रम स्थगित गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 
सचिवालयले भने आन्तरिक कार्यक्रम भने यथावत राख्ने बताएको छ । छिट्टै अर्को कार्यक्रमका लागी सुचना जारी गर्ने संयोजक चन्दले बताए । स्थगित कार्यक्रमबाट आम जनसमुदायमा पर्न गएको असर प्रति आयोजकले क्षमायाचना गरेको छ ।

No description available.



शुक्रबार ०५, जेठ २०८० ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.